चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाको कार्यालयमा तोडफोड

तस्बिरः एजेन्सी

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाको हङकङस्थित कार्यालयमा तोडफोड भएको छ ।

हङकङस्थित सिन्ह्वाको एसिया प्यासिफिक कार्यालयमा पाँच महिनादेखि जारी ‘प्रो डेमोक्रेसी’ प्रदर्शनको क्रममा तोडफोड भएको हो । तोडफोडमा कार्यलयको सिसा फुटेको छ ।

सिन्ह्वाले उक्त घटनालाई ‘भिडको बर्बर कार्य’ भन्दै विज्ञप्ति मार्फत कडा रुपमा आपत्ति जनाएको छ । यता हङकङका पत्रकारहरुले पनि मिडियामाथि आक्रमण र प्रेसमाथिको हिंसा बन्द गर्नुपर्ने भन्दै विरोध जनाएका छन् ।

आफ्नै कानुनी व्यवस्था भएको हङकङलाई चीनले आफ्नै एक हिस्सा ठान्छ । जहाँ पाँच महिनादेखि नियमित प्रदर्शन भइरहेको छ । हिंसात्मक गतिविधि बढेपछि यहाँकी प्रमुख क्इारी लामले पटक पटक सम्बोधन गरिसकेकी छन् ।

आगामी मंगलबार मात्रै उनी यही विषयमा चिनियाँ नेताहरुसँग छलफल गर्न त्यसतर्फ जाँदैछिन् ।

प्रकाशित मिति: : 2019-11-03 15:59:44

प्रतिकृया दिनुहोस्