अमेरिकाका पूर्व सहायक उपरक्षामन्त्री इल्ब्रिदग कोल्बीले एउटा अनुसन्धान लेखमा नेपालसहित विश्वमा अमेरिकी सैनिकको उपस्थितिबारे उल्लेख गरेका तथ्यले नयाँ चासो सिर्जना गरिदिएको छ।
लिली प्याड भनेको सानो सैनिक संरचना हो। यसको मौद्रिक मूल्य एक करोड अमेरिकी डलरभन्दा कम हुन्छ वा दस एकड जमिनमा भन्दा कममा फैलिएको हुन्छ। लेखले नेपालसहित भारत, श्रीलंका त्यस्तो संरचना रहेको औंल्याएको छ।
कोल्बीले आफ्नो लेखमा उल्लेख लेखमा अमेकिराका विश्वभर छरिएर रहेको सैनिक संरचनाका नक्सामा राखेका छन्। अमेरिकाको विश्वभर सैनिक उपस्थितिबारे अध्ययन गर्दै आएका अमेरिकन युनिभर्सिटीका प्राध्यापक डेभिड भिनको तथ्यांकको आधारमा तयार पारेको उल्लेख गरेका छन्।