काठमाडौँः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत अध्यागमन अधिकृत रमाकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अढाई करोडको भ्रष्टाचार मुद्दा दायर गरेको छ। सार्वजनिक सेवामा बहाल रहेकै अवस्थामा पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अर्यालविरुद्ध अख्तियारले मुद्दा चलाएको हो।
सेवा प्रवेशपछिको सम्पत्ति विश्लेषणमा अख्तियारले अर्यालसँग कूल चार करोड ५६ लाख ८१ हजार ८४० रुपैयाँ सम्पत्ति मूल्याङ्कन गरेको छ। जसमा तलब भत्ता, पैतृक सम्पत्ति तथा अन्य आयसमेत गरी अर्यालको दुई करोड ४९ लाख ९२ हजार ७३० रुपैयाँ वैद्य आय रहेको अख्तियारको ठहर छ। स्रोत नखुलेको दुई करोड ६ लाख ८९ हजार १११ रुपैयाँ पाइएको अख्तियारको दाबी छ।