नेपालले १२औं गणतन्त्र दिवश मनाइरहेका बेला जनताले नेताको सवारी भोगेर रोकिनु पर्यो भने जनताले त्यसको बदलामा सिटी बजाएर असहमतिको अभिव्यक्ति दिए।
संघीय सरकारले काठमाडौंको टुँडिखेलमा आयोजना गरेको गणतन्त्र दिवशमा राष्ट्रपति र प्रधानमन्त्रीको सवारी चल्दा सडकमा जनताका सवारी साधन चलाउन दिइएन।त्यसको विरोधमा सवारी चालकहरूले सवारी साधनका हर्न मात्र बजाइनन्, सिट्टी नै बजाएर बिरोध गरे।
सरकार पक्षधरले यसलाई गणतन्त्र नचाहने तत्वहरूले नियोजित रूपमा गरेको विरोधका रूपमा लिए।उनीहरूले भने, यो गणतन्त्रलाई नराम्रो देखाएर राजतन्त्र ल्याउन चाहनेको नियोजित चाल हो।यसका लागि उनीहरूमध्ये केहीले त पूर्वराजा ज्ञानेन्द्रतिरै चोरऔंला देखाउनसम्म पनि भ्याए।खासगरी प्रत्यक्ष वा परोक्षरूपमा सत्ताको स्वाद चाखिरहेकाहरू नै यसमा बढी थिए।
सिट्टी नै लिएर राष्ट्रपति र प्रधानमन्त्रीको सवारीमार्गमा जाने त नियोजित किसिमले नै गएका हुन्। उनीहरूले त्यसलाई स्वीकार्छन् पनि। त्यसमध्यकै एक किरण थापाले सामाजिक सञ्जालमा लेखेका छन्- 'इतिहास भएको राजा फालेर फटिचरहरूलाई नया राजा बनाउन गणतन्त्र आएको हैन। हामी यस्तो व्यवस्थाको विरोध गर्छौ।'
धेरैलाई यी दुबै बेठीक लागेका छन्। उनीहरूमध्ये एकजना सुमी उपाध्यायले लेखेकी छिन्- 'हामीलाई जुनसुकै नामको व्यवस्था होस्, जनतालाई दु:ख दिने ब्यवस्था मन परेको छैन। पहिलाको सवारी चलाउने कुरा पनि बेठीक थियो, यो त झनै बेठीक हो।'
नेपालमा गणतन्न्र आएको १२ वर्ष लागेको छ। यस बीचमा गणतन्त्रका नाममा जे जस्ता विकृति र बिसंगति झ्याँगिएका छन्, त्यसमा खासगरी मध्यमवर्गीय यथास्थितिविरोधी युवा पंक्ति रूष्ट छ र उसले सामाजक सञजालमा एक किसिमको असहमतिको आन्दोलन नै चलाइहरकेो छ।