अमेरिकी राजदूत बेरीले गरिछोडे ' गफगाफ' : प्रश्नोत्तरको पहिलो भिडियो सार्वजनिक

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी । तस्बिर सौजन्य: अमेरिकी राजदूतावास

नेपालका लागि अभेरिकी राजदूत र्‍यान्डी बेरीले ‘राजदूतसँग गफगाफ’को पहिलो भिडियो सार्वजनिक गरेका छन्।

अमेरिका पढ्न जान चाहने एक प्रश्नकर्ता प्राचीको जवाफ दिएर उनले ‘राजदूतसँग गफगाफ’ सुरु गरेका हुन्।

अमेरिकी राजदूतले गफगाफ गर्ने कार्यक्रम सार्वजनिक भएपछि यसमाथि सामाजिक सञ्जालमा बहस सुरू भएको थिए। नेपालको कूटनीतिक वृतले यसलाई कूटनीतिक मर्यादा विपरित कार्य भनेपछि कार्यक्रम रोक्न परराष्ट्र मन्त्रालयमाथि दबाब सिर्जना भएको थियो । 

परराष्ट्र सचिव शंकरदाश वैरागीले गत साता राजदूत बेरीलाई स्पष्टीकरणका लागि बोलाएर गफगाफ कार्यक्रममा ‘पुनर्विचार’ गर्न आग्रह गरेका थिए।

तर, उनकोआग्रहलाई अस्विकार गर्दै राजदूत बेरीले ‘राजदूतसँग गफगाफ’ कार्यक्रम सञ्चालन गरेरै छोडे। उनले कतिका प्रश्नको उत्तर दिए त्यसको एकिन तथ्यांक सार्वजनिक नभए पनि उनले एकजना प्रश्नकर्ताको प्रत्यक्ष उत्तर दिएको भिडियो भने अमेरिकी दूताबासको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरिएको छ। 

उनले लिएको प्रश्न पनि साधारण छ र उत्तर पनि साधारण छ। शायद राजदूतले साधारण प्रश्न लिएर विवादलाई मत्थर पार्न खोजेको जस्तो देखिएको छ।दूताबासका प्रवक्ताले भनेका छन्- 'प्रश्नकर्ताका सरोकार र जिज्ञासा अनेक हुनसक्छन्, त्यसमध्ये छनोट गरेर मात्र प्रश्नोत्तर सम्भव छ।'

 

राजदूतसँग गफगाफको भिडियोका लागि क्लिक गर्नुहोस् यहाँ -

https://www.facebook.com/nepal.usembassy/videos/919120275088548/

 

प्रकाशित मिति: : 2019-05-28 07:22:50

प्रतिकृया दिनुहोस्