खट्टरले लिए दोस्रो पटक हरियाणाको मुख्यमन्त्रीको सपथ

तस्बिरः एजेन्सी

हरियाणाको १४ औँ विधानसभाका लागि मनोहर लाल खट्टरले दोस्रो पटक मुख्यमन्त्री पदको शपथ लिएका छन् । उनीसँगै ३१ वर्षीय जजपा अध्यक्ष दुष्यन्त चौटालाले पनि उपमुख्यमन्त्री पदको शपथ लिए ।

हरियाणाका राज्यपाल सत्यदेव नारायण आर्यले दुवैलाई शपथ खुवाएका थिए । मन्त्रीहरुको सपथ दिपावली पछि हुने बताइएको छ ।

गत २१ अक्टोबरमा भएको हरियाणा विधानसभा चुनावको परिणाम २४ अक्टोबरमा आएको थियो । यसमा भाजपाले ४० सिट जितेको थियो । सरकार बनाउन भाजपालाई ४६ विधायकको समर्थन आवश्यक थियो ।७ निर्दलीय विधायकसहित हरियाण लोकहित पार्टीका गोपाल कान्डाले भाजपालाई समर्थन गर्ने घोषणा गरेको थियो ।

शुक्रबार भाजपाले जजपा र निर्दलीय विधायकहरुसँग मिलेर सरकार बनाउने घोषणा गरेको थियो ।

खट्टर ५ सालको कार्यकाल पूरा गर्ने पहिलो गैर कांग्रेसी मुख्यमन्त्री हुन् । योसँगै भाजपा र चौटाला परिवार १४ वर्षपछि पुनः सत्ताको भागीदार बनेका छन् ।

चुनावमा भाजपाले ४० सिट जित्दा कांग्रेसले ३१, जजपाले १०, इनेलोले १, हलोपाले १ तथा निर्दलीय सांसदले १० सिट जितेका थिए ।

प्रकाशित मिति: : 2019-10-27 17:17:40

प्रतिकृया दिनुहोस्