भारतमा राहुलले हार स्विकार्दै मोदीलाई दिए वधाई, दिने भए राजिनामा

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीले लोकसभा चुनावमा स्पष्ट बहुमत ल्याउने देखेपछि विपक्षी नेता भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले उनलाई बधाई दिएका छन्।

कांग्रेस मुख्यालयमा विहिबार आयोजित एक संक्षिप्त पत्रकार सम्मेलनमा राहुलले हार स्वीकार्दै त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताए। 

‘नरेन्द्र मोदीलाई बधाई छ’, पत्रकार सम्मेलनमा राहुलले भने, ‘विचारधाराको लडाईं जारी छ। कांग्रेसका कार्यकर्ता जोजो हुनुहुन्छ विचलित नहुनुहोस्।’ 

राहुलले जनताको फैसलालाई सम्मान गर्ने बताउँदै उत्तर प्रदेशको अमेठीमा आफ्नो हार पनि स्विकारे। उनले अमेठीमा विजयका लागि भाजपाकी स्मृति इरानीलाई वधाई दिदै अमेठीको प्यारसँग अगाडि बढाउन शुभकामना दिए। 

राहुल अमेठीबाट पराजित भए पनि केरलको वायनाडोमा भने उनी ठुलो मतान्तरले अगाडि छन्। 

यसैबीच उनले पार्टी अध्यक्षबाट राजिनामा दिने इच्छा पनि आमा सोनिया गान्धीसामु राखेको बताइएको छ। 

प्रकाशित मिति: : 2019-05-23 19:37:13

प्रतिकृया दिनुहोस्