विप्लव नेकपाप्रति प्रहरी आक्रमक: ३९२ पक्राउ, ३५४ विरुद्ध मुद्धा, १ को मृत्यु

विप्लव पार्टीका लाल नेता कार्यकर्ता । फाइल तस्बिर

नेपालमा सरकारी प्रतिवन्धपछि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीप्रति प्रहरी आक्रमक रुपमा प्रस्तुत भैहेको छ।यसक्रममा अहिलेसम्म एकको मृत्यु भएको छ भने ३९२ जना पक्राउ गरिएकोमा ३५४ विरुद्ध मुद्धा चलाइ सकिएको छ।

जेष्ठ ७ गते विप्लव कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको छ। प्रहरीका अनुसार भोजपुर सदरमुकामबाट ७० किमी टाढा जंगलमा हतियारसहित विप्लवका कार्यकर्ता रहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीविरूद्ध पेस्तोल चलाएपछि प्रहरीको जवाफी फायरियमा उनको मृत्यु भएको हो। 

प्रहरी प्रवक्ता विश्वराज पोखरेल भन्छन्-  'केही दिनदेखि भोजपुर, खोटाङ र सोलुखुम्बुको सीमा क्षेत्र मैयुङ, दोभानेमा विप्लव समूहका कार्यकर्ता हतियारसहित रहेको सुचना स्थानीयले प्रहरीलाइ दिइरहेका थिए।सोही सूचनाका आधारमा परिचालित प्रहरी र नेत्रविक्रम चन्द(विप्लव) समूहका कार्यकर्ताबीच हानाहान भएको थियो।भिडन्तका क्रममा तिघ्रामा गोली लागेका तीर्थराज घिमिरेको उपचारका क्रममा धरानमा मृत्यु भएको हो।'

पोखरेलका अनुसार गोली लागेका घिमिरेलाई जंगलबाट ५ घण्टाबाट बोकेर तल सडकमा ल्याइएको थियो।त्यसपछि एम्बुलेन्समा राखेर उपचारका लागि लगिएको थियो।बाटोमा पहिरो खसेकाले एम्बुलेन्स पनि केहीबेर रोकियो । अर्को एम्बुलेन्स खोजेर राति १ बजे धरान पुर्याइएको थियो।तर उनको उपचारकै क्रममा मृत्यु भयो।घिमिरे भोेजपुर षडानन्द नगरपालिका–२ कुदाककाउलेका निबासी हुन्।

तर, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रहरीको भनाइ खारेज गरेको छ। उसले भनेको छ- ' भोजपुरमा प्रहरीसँग कुनै मुठभेड भएको हैन। उनीहरूले कार्यकर्तालाई नियन्त्रणमा लिएर प्रहरीले हत्या गरेको हो।'

विप्लव कार्यकर्ताको साथबाट हातहतियार समेत बरामद

प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार एक थान कटुवा पेस्तोल पेस्तोलको गोली थान ५, लामो बाइनाकुलर थान १, डेटोनेटर थान ४, डेटोनेटर कर्ड अन्दाजी २० मिटर, बारुद र नेपाल कम्युनिष्ट पार्टीद्वारा जारी गरिएको विज्ञप्ति, पर्चा, पम्प्लेट समेत बरामद भएको छ।

प्रतिवन्धपछि विप्लव कार्यकर्ताविरुद्ध आक्रमक बन्दै प्रहरी

प्रतिवन्धपछि हालसम्म प्रहरीले तीन सय ९२ भन्दा बढी नेता-कार्यकतालाई पक्राउ गरिसकेको छ।पक्राउ परेकामध्ये तीनसय ५४ विरुद्ध मुद्धा समेत दर्ता भएको छ भने अन्यको हकमा अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ। विप्लव पार्टीको पछिल्ला भूमिगत गतिविधि र सरकारको कदमले मुलुक फेरि युद्धमा जाने हो कि भन्ने सर्वसाधरणमा त्रास छाएको छ।

प्रकाशित मिति: : 2019-05-23 18:23:26

प्रतिकृया दिनुहोस्