म्यानमारका विद्रोहीद्वारा ४० सुरक्षाकर्मीको अपहरण

तस्बिरः एजेन्सी

म्यानमारको जातीय रखाइन विद्रोही समूहले शनिबार देशको पश्चिमी क्षेत्रबाट ४० सुरक्षाकर्मीको अपहरण गरेका छन् ।

जातीय युद्ध लड्दै आएका विद्रोहीले काममा खटिएका प्रहरी तथा सैनिक अधिकारीहरूको अपहरण गरेको सैनिक प्रवक्ता जा मिनतुनले बताएका छन्। ‘विद्रोहीले १० भन्दा बढी सेना र करिब ३० प्रहरीलाई अपहरण गरी लगेका छन्’, उनले सुरक्षाकर्मी अपहरणमा परेको पुष्टि गर्दै भनेका छन् ।

अपहरणमा परेका सुरक्षाकर्मीको खोजीका लागि सेनाले हेलीकोप्टर तथा स्थल अपरेसन सञ्चालन गरेको बताइएको छ । यद्यपि, अहिलेसम्म अपहरणमा परेकी ती सुरक्षाकर्मीहरू फिर्ता गराउन सकिएको छैन ।

विद्रोहीसँग सम्पर्कका लागि सेनाले प्रयास गरिरहेको बताएको छ । तर, स्थापित हुन सकिरहेको छैन ।

रखाइन बुद्धमार्गीहरूको स्वतन्त्रताका लागि संघर्ष गर्दै आइरहेको संगठन हो ।

प्रकाशित मिति: : 2019-10-27 10:10:48

प्रतिकृया दिनुहोस्