पाकिस्तानमाथि इंग्ल्यान्डको क्लिन स्विप !
पाकिस्तानसँगको पाँच खेलको ओडीआई सिरिज घरेलु टोली इंग्ल्यान्डले क्लिनस्वीप गरेको छ।
आईतबार राति सम्पन्न पाँचौ खेलमा पाकिस्तानलाई ५४ रनले हराउँदै इंल्याण्डले प्रतियोगितामा ४-० ले सिरिज क्लिन स्विप गरेको हो।
३ सय ५२ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तान ४६.५ ओभरमा २९७ रन बनाउँदै अल आउट भयो।
पाकिस्तानका लागि कप्तान सरफराज अहमिदले ९७ रनको योगदान दिए पनि टोलीको हार टार्न सकेनन्। शतक बनाउन मात्र ३ रनले चुकेका उनले ८० बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए।
यस्तै बाबर आजमले ८० रन बनाउँदा अन्य कुनै पनि खेलाडीले राम्रो प्रर्दशन गर्न सकेनन्।
मोहम्मद हुसैन २८, ईमाद वासिम २५, आशिफ अली २२, साहिन शाह अफ्रिदी १९ र हसन अलीले ११ रन जोडे। यस्तै ओपनर फकार जमान डक, अबिद अली ५, मोहम्मद हफिज डक र सोएव मालिक ४ रनमा आउट भएका थिए।
इंग्ल्यान्डका लागि क्रिस वोक्सले ५ विकेट लिँदा आदिल राशिदले २ र डेविड विल्लीले १ विकेट हात पारेका थिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ५१ रन बनाएको थियो।
इंग्ल्यान्डका लागि कप्तान मोर्गनले ७६ रनको बनाउँदा जो रुटले सर्वाधिक ८४ रन बटुले।
रुट र मोर्गनले तेस्रो विकेटका लागि १ सय १७ रनको शतकीय साझेदारी गरेपछि इंग्ल्यान्डले विशाल योगफल तयार पारेको हो। यस्तै जस बटलर ३४, जेम्स भिन्स ३३, जोनी बेयरस्टो ३२, टम कुरन २९, बेन स्टोक्स २१, क्रिस वोक्स १३ र डेविड विल्ली १४ रनमा आउट भएका थिए।
पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ४ विकेट लिँदा ईमाद वासिमले ३ विकेट हात पारे। मोहम्मद हुसैन र हसन अलीको नाममा १-१ विकेट लिए।
यो जितसँगै इंल्याण्डले ५ खेलको सिरिज ४-० ले जित्दै क्लिन स्वीप गरेको हो।
पहिलो खेल वर्षाले प्रभावित बनेको थियो। दोस्रो खेलमा ७ र तेस्रो खेलमा इंग्ल्यान्ड ६ विकेटले विजयी भएको थियो। चौथो खेलमा ३ विकेटको रोमान्चक जित हात पार्दै सिरिज जित्न सफल भएको थियो।