काठमाडौं– पछिल्लो समय नेपाल एयरलाइन्सले जहाज खरिदमा लिइको ऋणको किस्ता समेत तिर्न सकेको छैन। किस्ता तिर्न नसकेपछि सरकारले नै एयरलाइन्सले तिर्नुपर्ने ऋणको किस्ता र ब्याज तिर्दै आएको छ। ऋणमा डुब्दै गरेको एयरलाइन्सलाई झन् पाइलटबाटै आर्थिक भार थप्ने क्रम रोकिएको छैन। यसको एउटा उदाहरणको पात्र बनेका छन्, एयरबस ए ३२० का को–पाइलट उद्धव घिमिरे।
घिमिरेले एयरबस ३२० को को–पाइलट तालिम सकेको ९० दिनसम्म पनि जहाज नउडाएर एयरलाइन्सलाई थप झन्डै २ हजार डलर अर्थात् २ लाखभन्दा बढी आर्थिक भार थपिदिएका छन्। तालिम सकेको ९० दिनसम्म पनि जहाज उडान नगरेपछि पुनः सिमिलेटर तालिम लिनुपर्ने हुन्छ।