विदेश जाँदा सीम कार्ड, फर्कँदा सुनका डल्ला

काठमाडौं : दोहाबाट उडेको नेपाल एयरलाइन्सको बिमान आइतवार बिहान करीब १० बजे काठमाडौंमा अवतरण भयो। अवतरण भएसँगै एक युवक धावनमार्गतिर दौडिए। विमानको गति रोकिएपछि ती युवकले दुवै पाङग्रामा ओट लगाए।

त्यसपछि विमानबाट यात्रुहरु झरे र त्यहाँ नजिकै अड्याइएको बसमा चढे। गुडिसकेको बस अलिकति पर पुगेपछि अर्कोतिर तेर्सियो। एक युवक बसको छेउमा पुगे। उनलाई विमानबाट आएका यात्रुले केही सामान दिए। त्यसपछि यात्रु आफ्नो गन्तव्यतिर लागे।

आइतबार नै करीब ५ बजेतिर प्रहरीले एक युवकलाई नियन्त्रणमा लियो। समातिएका ती युवक नेपाल वायुसेवा निगमका कर्मचारी रञ्जीत कुमार यादव थिए। र, यी तिनै विमानस्थलको धावनमार्गमा गाडी रोकेर सामान लिने व्यक्ति थिए। विमानस्थलमा सुन तस्करी गरेको विषयमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। बिहान करीब १० बजेतिर दोहाबाट आएका यात्रुले यादवको हातमा थमाएको वस्तु सुन रहेको पुष्टि भयो। ‘विदेशबाट आउने युवकलाई सुन बोकाएर पठाउने र यादवले सुन बुझ्ने गरेको पाइयो,' महानगरीय प्रहरी परिसरका एसएसपी वसन्त लामाले भने।

प्रकाशित मिति: : 2019-05-12 09:27:15

प्रतिकृया दिनुहोस्