सन्दीपलाई खेलाएको भए दिल्लीले इतिहास रच्‍न सक्थ्यो ?

काठमाडौं : टी–२० क्रिकेट लिग मध्ये इन्डियन प्रिमियर लिग(आईपीएल) विश्वकै सबैभन्दा महंगो लिग हो। विश्वमै सबैभन्दा धेरै क्रिकेटको क्रेज भएको भारतमा विश्वका उत्कृष्ट खेलाडीहरू समावेश हुने भएकाले क्रिकेटका पारखीलाई त्यो निकै रोचक प्रतियोगिता हो। आक्रामक ब्याट्म्यानहरूले निरन्तर छक्का, चौका वर्षाएको हेर्न पाउनु पनि आईपीएलको एक मज्जा हो।
 
क्रिकेट मन पराउने नेपालीहरूका लागि त आईपीएल पहिलेदेखि नै आकर्षणको विषय थियो। यसको ११औं संस्करणदेखि आईपीएलले धेरै नेपालीको मन तान्न सफल भयो। जसको कारण थियो नेपालका १७ वर्षीय लेग स्पीनर सन्दीप लामिछानेलाई दिल्लीले आफ्नो टोलीमा भित्र्याउनु  ११ औं संस्करणको पछिल्ला तीन खेलमा मौका पाएका सन्दीपले उत्कृष्ट प्रदर्शन गरी सबैको मन जित्न सफल भए। त्यसपछि उनले विभिन्न देशमा भएका अधिकांश ठूला फ्रेन्चाइज लिगमा खेल्ने मौका पाए। ती सबैमा राम्रो प्रदर्शन गरेका सन्दीपलाई दिल्लीले १२ औं संस्करणमा पनि आफ्नो टोलीमा यथावत राख्यो। 

प्रकाशित मिति: : 2019-05-12 09:01:06

प्रतिकृया दिनुहोस्