किन छाड्छन् धनीहरु आफ्नो देश ?

धनीमानी मान्छे नै किन आफ्नो मुलुक छाडेर पराइ देश जान्छन् ? यो प्रश्नको चित्तबुझ्दो जवाफ पाउन मुश्किल छ । असङ्ख्य धनी र असङ्ख्य गरिबको देशका नामले चिनिने छिमेकी भारतबाट गत वर्ष (२०१८) मा मात्रै हजारौंले देश छाडेका छन् । त्यसो त धनी नागरिकले देश छाड्ने कुरा गर्दा चीन सबैभन्दा अगाडि आउँछ । गत वर्षमात्र चीनबाट १५ हजार धनकुबेरले देश छाडे । चीनपछि रुस, भारत, बेलायत, फ्रान्स, ब्रजिल तथा दक्षिण अफ्रिकाका नागरिक देश छाड्ने सूचीको अग्रपङ्क्तिमा पर्छन्।
अस्ट्रेलिया यस्तो देश हो, जहाँ जान दुनियाँभरका धनी नागरिक चाहन्छन् । अर्थात्, संसारका धनी मान्छे आफ्नो थातथलो छाडेर अस्ट्रेलिया भासिन पुगेका छन् । हालसम्म दुनियाँभरका १२ हजार धनी मान्छे अस्ट्रेलिया गएर बसेका छन् । धनी मान्छेको रोजाइमा अस्ट्रेलियापछि अमेरिका, क्यानडा, क्यारेबियन, ग्रिस तथा स्पेन परेको छ ।

प्रकाशित मिति: : 2019-05-12 06:56:39

प्रतिकृया दिनुहोस्