एक लाख अमेरिकी डलरसहित एक भारतीय महिला त्रिभुवन विमानस्थलबाट पक्राउ परेकी छिन्।
पक्राउ परेकी भारतीय महिला नागरिक मतदाता परिचय पत्र नं. वाईबीबी २१२५०८६ रहेकी बन्दना सैनी रहेको बताइएको छ।
उनी शुक्रबार बिहान नेपाल एयरलाइन्सको उडान नं. आरए२०१ मार्फत भारतको मुम्बई जान लागेकी थिइन्।
शंका लागेर सोधपुछ गर्ने क्रममा उनीबाट अवैध डलर भेटिएको त्रिभुवन विमानस्थलका प्रहरी प्रमुख एसएसपी सन्दिप भण्डारीले ब्रेक एन लिंक्सलाई बताए।
भण्डारीका अनुसार उनलाई बरामद डलसहित आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ।