वैज्ञानिक भन्छन्- मानिसका कारण १० लाख जीव लोप हुँदैछन्

पृथ्वीका झन्डै १० लाख जीव लोप हुने खतरामा पुगेको वैज्ञानिकहरूले चेतावनी दिएका छन्।

सोमबार सार्वजनिक भएको राष्ट्रसंघीय प्रतिवेदनमा मानव जातिले गरिरहेको आधुनिक सभ्यताको विकासले प्राकृतिक दुनियाँमा पारेको प्रभावल र आर्थिक वृद्धिको मुर्खतापूर्ण खोजीले ती जीवको अस्तित्व खतरामा पुगेको उल्लेख गरिएको छ।

वैज्ञानिकहरूले संसारभरका सरकार र व्यावसायिक घरानालाई पृथ्वीको जैविक प्रणालीलाई जोगाउनका लागि आफ्ना निहित स्वार्थ त्याग्न आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2019-05-08 08:27:07

प्रतिकृया दिनुहोस्