आज मे ७ तारिख: अमेरिका जाने ईडीभी चिट्ठाको नतिजा आउँदै (नतिजा हेर्ने तरिकासहित)

अमेरिका आउँनका लागि हरेक वर्ष खोलिदै आएको अमेरिकी डाइभर्सिटी भिसा अर्थात् ईडीभी २०२० को नतिजा आज सार्वजनिक हुँदैछ। 

अमेरिकी पूर्वीसमयअनुसार मे ७ को मध्य दिउँसोदेखि ईडीभीको नतिजा हेर्न सकिनेछ। नेपालमा भने त्यतिबेला बैशाख २४ गते मंगलबारको राती ९ बजेर ४५ मिनेट गएको हुने छ।

सार्वजनिक गर्न लागिएको नतिजा सन् २०१८ को अक्टोबर ३ देखि नोभेम्बर ६ सम्म भरिएका ईडीभीको नतिजा हो।

ईडिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई ईडिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ । 

नतिजा https://www.dvlottery.state.gov/ मा गएर हेर्न सकिन्छ । 
 

प्रकाशित मिति: : 2019-05-07 08:45:06

प्रतिकृया दिनुहोस्