प्रधानमन्त्रीकी छोरीसँग छैनन् किताब, खालीहात जान्छिन् स्कुल

बैशाख २१, २०७६ मुगु : गाउँघरमा प्रधानमन्त्रीकी छोरी भनेर चिनिने मुगुमकाम रोगं गाउँपालिका माग्री गाउँकी ८ वर्षीया ठिल्लेसाङमू लामा पुस्तकबिना विद्यालय जान बाध्य भएकी छन। गत वर्षको कर्णाली रारा पर्यटक वर्ष २०७५ को शुभारम्भसँगै विद्यार्थी भर्ना अभियानको शुरुवातका समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले ठिले साङ्गमुको अभिभावकत्व ग्रहण गर्दै विद्यालयमा भर्ना गराएका थिए। 

कक्षा १ मा प्रथम भई बैशाख २ गते बुद्ध माध्यमिक विद्यालयमा कक्षा २ मा भर्ना भएकी ठिल्लेसाङमुको हातमा किताब छैन। भर्ना भएको तीन सातासम्म पनि किताब उनको हातमा परेको छैन। उनी कक्षा १ मा ८३ प्रतिशत अंक ल्याएर प्रथम बनेकी हुन्। शिक्षकले पुस्तक आउँछ भन्दै दैनिक जसो टार्ने गरेको उनको गुनासो छ। उनका बाजे कार्माछेवाङ लामाले किताव नपाउँदा नातिनीले पढाइमा ध्यान नदिएको बताए। ‘विद्यालय त नियमित जान्छिन्', उनले भने,‘तर पुस्तकविनै स्कुल पठाउँदा पढाइमा उनले जति ध्यान दिनुपर्ने हो त्यति दिन सकेकी छैन।’ 

प्रकाशित मिति: : 2019-05-05 08:56:58

प्रतिकृया दिनुहोस्