अमेरिकाबाट सरिताको वयान : उसले जीवन नर्कजस्तो बनाइदियो

लोग्नेको सम्पत्ति माइतीलाई दिएको आरोप खेपेकी सरिता साहले मुख खोलेकी छन् । लामो समयदेखि सपरिवार अमेरिकामा बस्दै आएका जनकपुरधामका विजय साहले नेपाल फर्किएलगत्तै पत्नीले आफूलाई सडकमा ल्याइदिएको पत्रकारलाई बताएका थिए ।

विजय साहले आफ्नी पत्नी सरितामाथि आरोप लगाएको समाचार अनलाइनखबरमा प्रकाशन भएपछि अनलाइनखबरको सम्पर्कमा आएकी सरिताले भनिन्, ‘उनी मलाई कुटेर अमेरिकन प्रहरीको डरका कारण जनकपुरधाम र्फकेका हुन् ।’

 

जनकपुरमा विवाह गरेर अमेरिका जानेवित्तिकै विजयले आफूलाई पटक-पटक कुटपिट गरेको सरिताको भनाइ छ । पछिल्लो समय कुट्दा आफूले अमेरिकी प्रहरीमा उजुरी दिएको सरिताले बताइन् ।

पछिल्लो दुईवर्ष यता काम छाडेर विजय घरमै बस्दै आएको र आफू काम गर्न जाँदा पनि अरुसँग लागेको भन्दै आरोप लगाएर कुटपिट गर्ने गरेको सरिताले सुनाइन् । उनले कुटपिटबाट घाइते बनेको फोटो पनि अनलाइनखबरलाई पठाएकी छन् ।

प्रकाशित मिति: : 2019-05-02 18:37:18

प्रतिकृया दिनुहोस्