पाँच घण्टासम्म अर्बपति

तपाईँको बैंंकमा खाता त पक्कै होला। खाता नभए खोलिहाल्नुहोस्। खाता भएपछि कहिले तपाईँको खातामा अचानक रकम जम्मा हुनसक्छ। यस्तै एउटा घटना नेपालमै भएको छ। 

इसिमोड (अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र) मा कार्यरत क्लाइमेट चेन्ज विज्ञ डा. सन्तोष नेपाल मंगलबार अपराह्न कार्यालयमा काम गरिरहेका हुन्छन्। काम सकेर घर फर्किने हतारोमा रहेका बेला नबिल बैंकले अचानक उनको खातामा एक हजार होइन, दुई हजार होइन, २३ अर्ब ७६ करोड रुपैयाँ जम्मा गरिदिन्छ।यत्राे रकम आफ्नाे खातामा आएपछि उनी अक्क न बक्क पर्छन्।

प्रकाशित मिति: : 2019-05-02 18:25:31

प्रतिकृया दिनुहोस्