संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय आतंकवादी घोषणा गरेका अजहरको नेपाल 'कनेक्सन'

तस्बिरः एजेन्सी

पाकिस्तानभित्र बसेर काम गरिरहेको इस्लामिक संगठन जैसे-ए-मोहम्मद प्रमुख मसुद अजहरलाई संयुक्त राष्ट्रसंघले बुधबार अन्तर्राष्ट्रिय आंतकवादी घोषणा गरेको छ।

उनलाई आतंकवादी घोषणा गर्ने राष्ट्रसंघको यसअघिका प्रयास असफल हुँदै आएका थिए।

पाकिस्तानसँग असल सम्बन्ध भएको चीनले यसअघि चारपटक राष्ट्रसंघको सो प्रस्तावविरूद्ध ‘भिटो' प्रयोग गरेको थियो।

भारतीय भूमिमा पटकपटक आक्रमण गरेको आरोप लागेका अजहरलाई आतंकवादी घोषणा गर्न भारतले राष्ट्रसंघमा र चीनसँग ‘लबिङ’ गर्दै आएको थियो।

प्रकाशित मिति: : 2019-05-02 16:10:21

प्रतिकृया दिनुहोस्