नेपालमा मान्छेमा देखियो बर्ड फ्लू, एक युवकको मृत्यु

| तस्वीर:फाइल फोटो

काठमाडौं, वैशाख १९ : नेपालमा पहिलो पटक मान्छेमा बर्ड फ्लू देखिएको छ। बर्ड फ्लूका कारण एक युवकको मृत्यु भएको छ।

बिहीबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेनल गरी नेपालमा पहिलो पटक मान्छेमा बर्ड फ्लू देखिएको सार्वजनिक गरेको हो। बर्ड फ्लूका कारण २१ वर्षीय युवकको मृत्यु भएको पनि जानकारी दिइएको छ।

मृत्यु भएका युवकको नाम र ठेगाना भने गोप्य राखिएको छ। बर्ड फ्लूले मृत्यु भएका व्यक्तिको परिचय खुलाउने गरिएको छैन्।

ज्वरो र रुघाखोकी लागेपछि ति युवक वैशाख १० गते अस्पताल भर्ना भएका थिए। उनको वैशाख ११ गते घाँटीको र्‍याल परीक्षण गरिएको थियो। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण गरिएको थियो।

जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा भाइरसको प्रकार पत्ता नलागेको जनाएको छ। त्यसपछि जापानस्थित विश्व स्वास्थ्य संगठनको प्रयोगशालामा पठाइएको थियो।

त्यहाँबाट वैशाख १७ गते रिपोर्ट आएको छ। रिपोर्टमा इन्फ्लुएन्जा एएच–५ एन–१ संक्रमण रहेको उल्लेख छ।

प्रकाशित मिति: : 2019-05-02 15:45:35

प्रतिकृया दिनुहोस्