अजहर मसूद अब वैश्विक आतंककारी, भारतको मागमा चीन पनि देखियो नरम

नयाँ दिल्ली । अन्ततः संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले पाकिस्तानस्थित जैश ए मोहम्मदका प्रमुख अजहर मसूदलाई बुधबार वैश्विक आतंककारी घोषणा गरेको छ ।

यो मामिलाको विरोधमा विगतमा सुरक्षा परिषद्को सदस्य राष्ट्र चीनले भीटो प्रयोग गर्ने गरेकोमा यसपालि भने त्यसो नगरी भारतको प्रस्तावमा  नरम नीति लिएको छ । यसअघि पटक पटक भारतले आग्रह गर्दापनि चीनले नमानेकाले त्यो सम्भव भएको थिएन ।

करिब १० वर्षदेखि चीनले अस्वीकार गर्दै आएको थियो । चीनले यसअघि सो मामिलामा हतारमा जान नहुने बताउने गरेको थियो । भारतले यो सम्बन्धी प्रस्ताव सबैभन्दा पहिला सन् २००९ मा लगेको थियो । सुरक्षा परिषदमा भीटो पावर भएका मुलुक अमेरिका, बेलायत, फ्रान्स भारतको प्रस्तावमा सहमत थिए भने रुसले पनि अप्रत्यक्ष रुपमा समर्थन गर्दै आएको थियो । 
प्रकाशित मिति: : 2019-05-02 10:06:00

प्रतिकृया दिनुहोस्