छोरा ठूला भएपछि छुट्टिए। घर बाँडफाँट भएपछि एउटाको भागमा शौचालय पर्‍यो।

अन्नपूर्णपोस्ट

जनकपुरधाम : एक धुर जग्गा। त्यसमा ठडिएको छ सानो छाप्रो। गर्मीमा आगलागीको डर। वर्षामा चुहिएर हैरान। छानो टालटुल पारेर जीवन चलाएका छन्, धनुषा लक्ष्मीनिया गाउँपालिका–२ की पानोदास तत्माका ३ छोराका परिवारले।

एक धुरको त्यो टहरामा ३ वटा ढोका छन्। ढोकाजत्तिकै छ भित्र ठाउँ। एउटा ढोकाअगाडि शौचालय पुरिएको देखिन्छ। झुपडीमा ३ वटा ढोका लगाएर कोठा छुट्ट्याए पनि त्यसभित्र बस्न भने मुस्किल छ। तर, त्यसैमा खाना पकाइन्छ।

खुट्टा तन्काएर सुत्न ठाउँ छैन कोठाभित्र। पानोले जीवनभर सानो छाप्रोमा सन्तान हुर्काए। छोरा ठूला भएपछि छुट्टिए। घर बाँडफाँट भएपछि एउटाको भागमा शौचालय पर्‍यो। उनको परिवार त्यही शौचालय पुरेर कोठा बनाएर बसिरहेको छ। शौचालय पुरिएपछि उनीहरू खुला चौरमा दिसापिसाब गर्छन्।

प्रकाशित मिति: : 2019-05-02 09:44:38

प्रतिकृया दिनुहोस्