दोस्रो वर्षमै कीर्तिमानी स्वर्ण जित्दा….

तस्बिरः अनलाइनखबर

प्रदेश पाँचमा भर्खरै सकिएको आठौं राष्ट्रिय खेलकुदमा कीर्तिमानी स्वर्ण जितेपछि धेरैले बधाई दिए । हौसला दिए । अझ राम्रो खेल्नुपर्छ भनेर हिम्मत दिए । त्यसले मेरो रहरमा एक इँटा थपिएको छ ।

सबैको स्याबासीले गर्दा छोटो समयमा पनि सुटिङ १० मिटर एयर राइफलमा ओलम्पियन खेलाडीको कीर्तिमान तोड्न सक्नु ठूलै कुरा हो जस्तो मलाई पनि लाग्यो । किमी मैले राइफल समाएको दुई वर्ष मात्र भयो ।

मेडल हेर्दा मनमा तर्कनाहरु पनि आउने रहेछन् । यो मेडल मेरा लागि एउटा पदक मात्र होइन, यसले मेरा अगाडिको बाटो देखाएको पनि छ जस्तो लाग्छ । किनकी जित्नु भनेको त्यसलाई निरन्तरता दिनु पनि हो । पहिलेभन्दा नराम्रो भयो भने त आफैंलाई पनि लाज हुन्छ जस्तो लाग्छ । त्यसैले मेहनत बढाउँदै जानुपर्छ, मन एकाग्र राख्नुपर्छ ।

प्रकाशित मिति: : 2019-05-02 09:27:50

प्रतिकृया दिनुहोस्