न कर्मचारी छन्, न संरचना

सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय परिसरमा भौचर भर्दै सेवाग्राही । तस्बिर : दिपेन श्रेष्ठ

काठमाडौं : आइतबार मध्याह्न सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा सेवाग्राहीको समूह भुइँतलाको झ्यालमा लामबद्ध थियो। कोठाभित्रका कर्मचारीतर्फ मुन्टो तन्काउँदै एकथरी सेवाग्राही भन्दै थिए, ‘सर मेरो प्रमाणपत्रमा जन्ममिति बिग्रेको छ, कसरी सच्याउने ? ’ सेवाग्राहीको अर्को समूह पनि कर्मचारीसँग रिस्सिँदै थियो, ‘हाम्रो चारित्रिक प्रमाणपत्र र मार्कसिटको ठेगाना फरक पर्‍यो। यस्तो गल्ती कसरी आयो ? ’

कर्मचारीलाई भने सेवाग्राहीको प्रश्नको जवाफ फर्काउन भ्याई–नभ्याई थियो। प्रश्नको जवाफ फर्काउनुपर्ने देखि लाइनमै बसेका अन्य सेवाग्राहीको काम पनि तोकिएको समयमै गर्नुपर्ने बाध्यता उनीहरूमा थियो कर्मचारीले कार्यालयको ढोका खोल्नेबित्तिकै सेवाग्राही त्यतैतिर दौडिन्थे।

कर्मचारी अत्यन्त कम हुँदा काम गर्न निकै सकस देखिन्थ्यो। त्यहाँ कर्मचारी अभाव मात्र थिएन, भएका संरचनाको उचित जतन नहुँदा प्रयोग गर्नै नमिल्ने अवस्थामा पुगिसकेका थिए। शौचालयदेखि भवनभित्रका गोदाम माकुराको जालोले जेलेको छ।

प्रकाशित मिति: : 2019-05-02 09:20:56

प्रतिकृया दिनुहोस्