एनआरएन अमेरिकाको चुनाव स्थगित गर्न टेनेसी कोर्टमा मुद्दा

आगामी मे १८ र १९ मा हुन लागेको एनआरएन अमेरिकाको चुनाव स्थगित गर्न अदालतमा मुद्दा परेको छ।

रविना थापा र नारायण थापाका तर्फबाट गत शुक्रबार टेनेसी कोर्टमा दायर गरिएको मुद्दामा प्रमुख निर्वाचन आयुक्त विश्व बराललाई अयोग्य ठहर गर्न र सदस्यता वितरण खुल्ला गरी तत्कालका लागि एनआरएन अमेरिका २०१९ को निर्वाचन स्थगित गर्न माग गरिएको छ।

रविना थापा गत निर्वाचनमा अध्यक्ष पदमा उम्मेद्वारी दिएर निकटतम प्रतिस्पर्धी रहेकी थिइन् भने नारायण थापा उनका श्रीमान् हुन् । थापा दम्पतिका तर्फबाट अधिवक्ताहरु ग्रेगरी ब्राउन र रुथ एसम्यानले अदालतमा मुद्दा दर्ता गरेका हुन्।

एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेल, उत्तर अमेरिका क्षेत्रका संयोजक गौरी जोशी, यसपटक प्रमुख निर्वाचन आयुक्त विश्व बराल र यसअघिको निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरूलाई विपक्षी बनाइएको छ। 

अदालतले सात दिनभित्र लिखित जवाफ दिन आदेश दिएको छ। 

यो सम्बन्धी सूचना एनआरएन अमेरिकाका महासचिव बीआर लामाले नै प्रेषित गरेका छन्। 

प्रकाशित मिति: : 2019-05-01 00:05:48

प्रतिकृया दिनुहोस्