क्याप्टेन लामाको मुख बन्द गराउने नाटक पटाक्षेप: प्रवक्ताबाट हटाइएपछि निलम्बन फुकुवा

चलचित्र आदर्श नारीका नायक विजय लामालाई रिलमा मात्र हैन, रियलमा पनि नायक मान्ने लाखौं मानिस नेपालमा छन्। तर, अनेकौं अवसर पाउँदा पनि राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको ककफिटलाई नै सर्वश्व ठान्दै आएका वरिष्ठ क्याप्टेन लामालाई खलनायक बनाउँन सरकारले उनलाई निलम्बन गरिदियो।

नेपाल एयरलाइन्सको प्रवक्तासमेत रहेका लामाले एक सञ्चार माध्यमलाई दिएको अन्तर्वार्तालाई लिएर नेपाल नागरिक उड्डयन प्राधिकरण उनीसँग रिसाएको थियो। प्राधिकरणले उनको जहाज उडाउँने लाइन्सेन्स मात्र निलम्बन गरेन, उनीमाति यस्तो संगीन आरोप पनि लगायो- 'क्याप्टेन लामा नागरिक उड्डयन नियम अनुसार जहाज उडाउन फिट देखिएनन्। उनलाई हामी पहिला कानुनको कक्षामा राख्दै छौं। त्यसपछपि पनि उनको गैरजिम्मेवारी अभिव्यक्ति सुनिएमा मेडिकल जाँच गराउने छौं।'

मैले आत्मा बल, सत्य मार्ग, सही सोच अनि निडर पन मेरो बाउ बाट सिकेको छु!
देशको माया, मात्रृभूमिको मूल्य, नेपाली सन्तानको माया, काम गर्ने संस्था अनि वर्दीको कदर पनि यिनै महापुरुषबाट सिकेको हुँ!
त्यसैलै जति आँधीबेरी आए नि, जति दु:ख-पीडा आए नि कहिले डगमगाउनु सिकिन!!
तपाईंहरु सबैको माया अनि साथको लागि हृदयदेखि प्रणाम! 

साधुवाद! धन्यबाद!!!
जय चन्द्र-सूर्य!

 

प्राधिकरणले लामालाई जहाज उडाउन दिने शर्त राख्यो 'पहिला प्रवक्ताबाट हटाउ' अनि विचार गरौला। यसै पनि पाइलटको अभावमा जहाज थन्केर दिनहु करोडों घाटा ब्यहोेरिरहेको न्पाल एयरलाइनसका लागि त्यसको विकल्प थिएन। लामाले नेपाल एयरलाइन्सका लागि आफ्नो मुख बन्द गर्न त के ज्यान दिन पनि तयार रहेको बताएपछि नेपाल एयरलाइन्सले उनलाई प्रवक्ताबाट हटाएको पत्र पठायो। सामाजिक सञ्जाल थेग्न गाह्रो भैरहेका विभागीय मन्त्रीसमेत रहेका प्रधानमन्त्रीलाई उनकै विश्वासपात्र नेपाल एयरलाइन्सका कार्यकारी निर्देशक मदन खरेलले पठाएको पत्र सेफ ल्याण्डिङका लागि पर्याप्त भयो। त्यसपछि प्राधिकरणले लामाको निलम्बन फुकुवा गरिदियो। 

'जय चन्द्र सूर्य' फेमका नेपाली राषट्रभक्ति अभियानका एक अभियन्ता पनि हुन् लामा। अनेकौं अवसर पाउँदा पनि राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको ककफिटलाई नै सर्वश्व ठान्दै आएका वरिष्ठ क्याप्टेन लामामाथिको कारबाही सरकारका लागि अर्को घाँडो भएको थियो। सामाजिक सञ्जालमा सरकारकै चर्को बिरोध भएपछि एक मध्यमार्गी उपाय निकालेर उनको निलम्बन फुकुवा गरिएको हो।

प्रधानमन्त्री नै विभागीय मन्त्रीका हैसियतले नेपाल नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष रहेको अवस्थामा एक राष्ट्रभक्त फायर ब्राण्ड लामाको मुख यसरी बन्द गरिनु दुर्भाग्यपूर्ण हो।यसले ओली सरकारलाई हैन, पर्यटनमन्त्रीसमेत रहेका प्रधानमन्री ओलीमाथि अर्को एक कलंकको छिटा लाग्यो- ओलीराजमा मुख खोल्न मनाही छ।

 

प्रकाशित मिति: : 2019-04-30 00:49:16

प्रतिकृया दिनुहोस्