देउवालाई नेम्वाङको जवाफ : जनता निराश होइन, खुसी छन्

अनलाइनखबर

काठमाडौं । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जनता निराश नभई उत्साहित भएको दाबी गरेका छन् ।

संसदको बजेट अधिवेशनको पहिलो दिन सदनलाई सम्बोधन गर्दै विपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारले काम गर्न नसकेको र जनता निराश भएको बताएका थिए ।

लगत्तै सम्बोधन गरेका नेकपा संसदीय दलका उपनेता नेम्वाङले त्यसको खण्डन गर्दै भने, ‘यो देशमा अधिकारका लागि आन्दोलन गर्नुपर्दैन । यो विन्दुमा हामी उभिएका छन् । यस्तो अवस्थामा जनता निराश छन् भन्नु कति उपयुक्त हुन्छ ?’

प्रकाशित मिति: : 2019-04-29 16:48:58

प्रतिकृया दिनुहोस्