निःशुल्क शिक्षा माग गर्दै सर्वाेच्चमा मुद्दा दायर

नागरिक

काठमाडौं – नि:शुल्क शिक्षामा सर्वसाधारणको पहुँच हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेको वारेसमा अधिवक्ता राजकुमार उप्रेतीले अदालतमा रिट दायर गरेका हुन्।undefined

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संघीय संसद सचिवालय, कानुन तथा संसदीय दलको कार्यालय, काठमाडौं महानगरपालिकासहित ७ सरकारी कार्यालयलाई विपक्षी बनाएर दायर गरिएको रिटमा संविधानमा प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने उल्लेख भएपनि सरकारी तथा निजी विद्यालयले मनपरी शुल्क असुलेकाे रिटमा उल्लेख छ।

प्रकाशित मिति: : 2019-04-29 16:36:43

प्रतिकृया दिनुहोस्