बीआरआई ‘ऋणको पासो’ हो ?

अप्रिल २६ मा विश्वका १५० देशका प्रतिनिधि बेइजिङमा भेला भए । ती प्रतिनिधि ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बिआरआई)’बारे छलफल गर्न भेला भएका हुन् । मुख्यतः चिनियाँ सरकारको लगानी वा प्रयोजन रहने विशाल विश्वव्यापी पूर्वाधार–विकास परियोजना बिआरआई सन् २०१३मा औपचारिक रूपमा सुरु गरिएको थियो । सुरुबाटै यसले ठूलो उत्साह र भय सिर्जना गर्दै आएको छ । केहीले यो भीमकाय कार्यक्रम दोस्रो विश्वयुद्धपछि युरोपको पुनर्निर्माणका लागि अमेरिकाले लागू गरेको ‘मार्सल प्लान’जत्तिकै महत्वपूर्ण छ भनिरहेका छन् । यो अन्तर्राष्ट्रिय व्यापार लागतमा उल्लेख्य न्यूनीकरण गर्न र गरिब राष्ट्रको आर्थिक रूपान्तरणमा सहायक हुने तिनको विश्वास छ । बिआरआईप्रति सशंकित हुनेहरू यसलाई चीनको राजनीतिक स्वार्थ पूर्ति गर्ने औजार ठान्छन् । आलोचक बिआरआईलाई चीनको ‘ऋणको पासो कूटनीति’ भएको आरोप लगाउँछन् । 

प्रकाशित मिति: : 2019-04-29 04:36:13

प्रतिकृया दिनुहोस्