खुल्लामञ्चमा ठगिएका साना व्यापारीको घाटा व्यहोर्छ कसले?

लीलाकुमारी धिताल । तस्बिरः सन्जिब बगाले/सेतोपाटी

खुलामञ्चमा निर्माण गरी भाडामा लगाइएका सटरमा काठमाडौं महानगरपालिकाले शनिबार डोजर चलायो।

भाडामा दिइएका सटरमा सर्वसाधारण व्यापार गर्थे। यिनीहरू धेरैको पृष्ठभूमि ‘सडकबाट सटर’ भएको थियो। खुलामञ्च आउनुपूर्व सडकमा कोही जुत्ता बेच्थे, कोही बेसार बेच्थे, कोही च्याउ।

लीलाकुमारी धिताल महाबौद्धको सडकमा बेसार बेच्थिन्। छोरा च्याउ बेच्थे। खुलामञ्चमा सटर भाडामा रहेको थाहा पाएपछि छोराले १० लाख रुपैयाँ ठेकेदारलाई बुझाएर सटर भाडामा लिएका थिए।

सटर भाडामा लिएको पन्ध्र दिनमै शनिबार काठमाडौं महानगरपालिकाले डोजर चलाएर भत्काएपछि उनीहरू बिचल्लीमा परेका छन्। ‘च्याउ बेचेको केही पैसा र ऋण खोजेर पैसा हाल्यौं, यो पनि सकियो,’ धितालले भनिन्, ‘यो पैसा कसले दिने?’

धितालको जस्तै मनमाया खत्रीको पनि समस्या छ। उनले १८ लाख रुपैयाँ सर्तमा ठेकेदारसँग सटर भाडामा लिएकी थिइन्। ११ लाख रुपैयाँ अग्रिम दिइसकेकी थिइन्। सटर भाडामा लिएर एक लाखको फलफूल र पाँच लाखको कपडा हालेकी थिइन्। ‘पन्ध्र दिन पनि भएको छैन, आएर भत्काइदिए, हाम्रो पैसा कसले दिन्छ? महानगरपालिकाले कि ठेकेदारले? चाहियो।’

प्रकाशित मिति: : 2019-04-29 00:53:07

प्रतिकृया दिनुहोस्