अमेरिकामा यहुदी धार्मिकस्थलमाथि गोलीबारी, एकको मृत्यु तीन घाइते

तस्वीर: एपी

अमेरिकाको क्यालिफोनिर्यामा एक 'हेट क्राइम' भएको छ। सानडियगो नजिकै पवे नगरमा भएको गोलीवारीमा एकको मृत्यु भएको छ भने तीन व्यक्ति घाइते भएका छन्। गोलीबारी यहुदी धर्मालम्बीको प्रार्थनास्थनमा भएको हो।गोलीबारी सुरु हुदाँ उक्त धार्मिकस्थलमा एक धार्मिक अनुष्ठान आयोजना भइरहेको थियो । 

घटनामा संलग्न रहेको आशंकामा जोन अर्नेस्ट नामक एक १९ वर्षिया किशोर पक्राउ परेका छन्। उनीमाथि अघिल्लो महिना एक मस्जिदमाथि भएको हवाई फायरसम्बन्धमा अनुसन्धान भइरहेको थियो । 

आक्रमणमा ‘एआर–१५ टाइप’ को असल्ट राइफल प्रयोग गरिएको प्रहरीले बताएको छ।

गोलीबारी पिट्सवर्गस्थित यहुदी धर्मालम्बीको प्रार्थनास्थनमा ‘ट्रि अफ लाइफ’मा भएको आक्रमणको ठीक ६ महिना पुगेको बेला भएको छ। आक्रमणमा ११ जना मारिएका थिए।

प्रकाशित मिति: : 2019-04-28 09:06:34

प्रतिकृया दिनुहोस्