नेपाल भूकम्प: पुनर्निर्माण कार्यका लागि थप चार खर्व रुपैयाँ लाग्ने

भूकम्पपछिको पुनर्निर्माणका सबै काम सक्न अझै चार खर्व रुपैयाँ आवश्यक पर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अधिकारीहरूका अनुसार पुनर्निर्माणका कामहरू आगामी २० महिनाभित्र सक्ने लक्ष्य राखिएको छ।

भूकम्पपछि घरवारविहीन भएकाहरूलाई तीन लाख रुपैयाँ दिएर घर बनाउन सघाउने र भत्किएका सार्वजनिक भवन, सांस्कृतिक सम्पदा लगायत अन्य भौतिक पूर्वाधारको निर्माण गर्ने काम अझै सकिएको छैन।

पुनर्निर्माणका लागि तोकिएको समयमा काम सक्न अझै चार खर्व रुपैयाँ जुटाउनुपर्ने अवस्था रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली बताउँछन्।

आठ हजारभन्दा बढी मानिसको ज्यान जानेगरी र लाखौँ परिवार घरवारविहीन हुनेगरी २०७२ सालमा भूकम्प गएको गत बिहिवार चार वर्ष पुगेको छ।

प्रकाशित मिति: : 2019-04-27 17:39:53

प्रतिकृया दिनुहोस्