१४ वैशाख, काठमाडौं । महानगरपालिकाले शनिबार दिउँसोदेखि खुलामञ्चमा डोजर चलाएको छ । खुलामञ्चभित्र बनाइएका सटर लगाउतका संरचनाहरु डोजरले भत्काउन थालेपछि त्यहाँ रहेका पसलेहरुमा भागाभाग र रुवाबासी मच्चिएको छ ।
खुलामञ्च अतिक्रमण गरेर सटर बनाइएको भन्दै जनस्तरबाट व्यापक विरोध भएपछि काठमाडौं महानगरपालिकाले शनिबार ती पसलमा डोजर चलाएको हो ।
महानगर प्रहरीका प्रमुख धनपति सापकोटाले महानगरपालिकाको निर्देशनलगत्तै डोजर लिएर आफूहरु खुलामञ्च प्रवेश गरेको अनलाइनबरलाई जानकारी दिए ।