गुडिरहेको बस अनियन्त्रित भएर चिया पसलमा छिर्‍यो, १ को मृत्यु, ८ घाइते

नेपाल लाइभ

राजविराज– राजमार्गबाट अनियन्त्रित भई नजिकै रहेको चिया पसलमा छिरेको बसको ठक्करबाट शनिबार सप्तरीमा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका–९ मा दुर्घटना भएको हो।

पूर्व जाँदै गरेको को १ ख ४१२३ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिएको ना ५ ख ७९३७ नम्बरको यात्रु बस आफैं अनियन्त्रित भई दक्षिणतर्फको चिया पसल छिरेको थियो। 

प्रकाशित मिति: : 2019-04-27 10:46:27

प्रतिकृया दिनुहोस्