आशाको वर्ष २०७६ : विकासका कामले गति लिने अपेक्षा

तस्बिरः नयाँ पत्रिका

आर्थिक वर्ष ०७६/७७ देशको १५औँ योजना कार्यान्वयनको पहिलो वर्ष हो । सरकारले १५औँ योजना अवधिभर आर्थिक वृद्धिदर औसत वार्षिक ९.२ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । ०७६ को सुरुमै नेपालकै पहिलो स्याटेलाइट प्रक्षेपण, भेरी–बबई सुरुङको ब्रेक थ्रु र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवे तयार भयो ।

निजी क्षेत्रले निर्माण गरेका दुई पाँचतारे होटेल मारियोट र सोल्टी पनि नयाँ वर्षको सुरुदेखि औपचारिक सञ्चालनमा आए । प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले अब विकासले गति लिने दाबी गर्दै आएका छन् । निर्माणका क्रममा रहेका र यसै वर्ष सम्पन्न हुने सूचीमा रहेका परियोजनाको प्रगतिले पनि वर्ष ०७६/७७ आशालाग्दो देखिन्छ । कृष्ण रिजाल र अच्युत पुरीको रिपोर्ट:

प्रकाशित मिति: : 2019-04-27 08:04:53

प्रतिकृया दिनुहोस्