महायज्ञमा तथाकथित दलित पण्डित, ब्राम्हण भक्तजन

‘हिंसा नगर...हिंसा नगर...स्वर्ग जाने बाटो बन्द नगर...।’  सप्ताह महायज्ञको मण्डपमा भजनको फेरि अर्को गीतको शैलीमा भजन सुरु हुन्छ –‘खोइत बाटो खनेको...स्वर्ग जान भनेको...।’  नाचगानको अन्तिममा फेरि सुरु हुन्छ ‘ढोका खोल राम.. ढोका खोल राम.. भक्त आए मन्दिरमा..ढोका खोल राम....।’  

हुनपनि साँच्चै उनीहरु स्वयमले पनि नयाँ इतिहासको ढोका खोल्दै थिए र उनीहरुका लागि पनि ती दलित समुदाय भगवान रामका अरु समुदाय जस्तै भक्त थिए ।  ती दलित समुदायले नयाँ इतिहासको ढोका यस अर्थमा खोल्दै थिए कि अहिलेसम्म दलित समुदायको घर आँगनमा दलित समुदायकै पण्डितले सप्ताह ज्ञान महायज्ञ लगाएको गुल्मी जिल्लामा मात्र होइन यस भेगमै पहिलो थियो ।

प्रकाशित मिति: : 2019-04-27 07:50:52

प्रतिकृया दिनुहोस्