नेपालमा हरेक नेपालीको दैनिक कमाइ २.८३ डलर

नेपालको प्रतिव्यक्ति आय वर्षको एकहजार ३४ डलर पुग्ने अनुमान गरिएको छ।अहिले भएको एकहजार चार अमेरिकी डलरमा ३० डलर बढेपछि हुने नेपालको प्रतिव्यक्ति आय हो। यसलाई दिनको कमाइमा बदल्ने हो भने प्रतिव्यक्ति आम्दानी २.८३ डलर हुन्छ। 

यो सबै नेपालीले कमाउँने न्युनतम कमाइ हैन, औसत कमाइ हो। यसमा एक पैसा नकमाउने सप्तरीको रमे खत्वको हिस्सेदारी पनि छ, दिनमा लाखौं कमाउने नेपालका डलर बिलियनर विनोद चौधरीको हिस्सेदारी छ। वर्षको करोडौं तलब खाने बैंकका सीईओहरूको तलब पनि छ, महिनाको आठहजार आठसय कमाउने मजदुरको मजदुरी पनि छ। 

अहिलेको अमेरिकी डलरको भाउ (१ डलरको ११२.७१ रूपैया) लाई आधार मान्दा औसत आम्दानी अब एक लाख १६ हजार पाँच सय ४२ रुपैयाँ पुग्ने अनुमान हो। यसको अर्थ अब हरेक नेपालीले दिनको तीनसय १९ रूपैयाँ ३० पैसा कमाउँछन्। 

नेपालमा बढ्दो धनी र गरीवको खाडलका कारण यो औसत कमाइ अधिकांश गरीवका पक्षमा जादैन। धनीहरूले धेरै कमाउँदा उनीहरूको भारले गरीवका पक्षमा वर्षको एक लाख १६ हजार पाँच सय ४२ रुपैयाँ पुगेको हो।

यो सरकारी तथ्यांक तथ्यांक विभागले सार्वजनिक गरेको हो। 

प्रकाशित मिति: : 2019-04-26 23:53:36

प्रतिकृया दिनुहोस्