नेपालबाटै दिए राष्ट्रपति सीले चीन विभाजन गर्न खोज्नेलाई दमन गर्ने चेतावनी

तस्बिरः एजेन्सी

चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन विभाजन गर्न खोज्ने प्रयासलाई दमन गरिने कडा चेतावनी दिएका छन्।

चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार नेपालको राजकीय भ्रमणमा रहेकै बेला आइतवार सीले उक्त प्रतिक्रिया व्यक्त गरेका हुन्। सी आइतबार नेपालबाट स्वदेश फर्किसकेका छन्।

उनले चीन विभाजन गर्ने खोज्ने प्रयास 'किचिएका शरीर र भाँचिएका हड्डीहरू' मा टुङ्गिने चेतावनी दिएका हुन्।

आइतवार हङ्‌कङमा शान्तिपूर्ण र्‍यालीहरू निकालिएका भए पनि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडपहरू भएका थिए। मेट्रो रेल सेवाका कम्तीमा २७ वटा स्टेशनहरू बन्द गरिएको छ ।

अधिकारीहरूका अनुसार त्यहाँको एउटा प्रहरी चौकीमा पेट्रोल बम प्रहार गरिएको थियो र एक प्रहरीलाई घाँटीमा चोट लागेको छ।तर उनको अवस्था अहिले स्थिर रहेको साउथ चाइना मर्निङ पोस्टले लेखेको छ।अर्को एकजना मानिसलाई प्रदर्शनकारीहरूले कुटपिट गरेको बताइएको छ।

उनको झोलामा एउटा डन्डी भेटिएकाले उनी सादा पोसाकमा खटिएका प्रहरी हुन सक्ने बताइएको छ ।

प्रकाशित मिति: : 2019-10-14 11:17:05

प्रतिकृया दिनुहोस्