राष्ट्रपतिको विरोध गर्नु भनेको राजतन्त्रको गुलामी गर्नु हो : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति संस्थाको विरोध गर्नु भनेको राजतन्त्रको गुलामी गर्नु भएको आरोप लगाएका छन् । बुधबार राति नेपाल टेलिभिजनको जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले आफूलाई पढेलेखेका हौं भन्नेहरुले नै अहिले ठुटामा बसेर काग कराएजस्तो राष्ट्रपति संस्थाका विरुद्ध कराएको करायै गरेको समेत आरोप लगाए ।

उनले राष्ट्रपति संस्था आफैं कार्यकारी नरहेको जान्दाजान्दैपनि मृत राजतन्त्रको गुलामी गर्नका लागि उनीहरुले सो संस्थाको आलोचना गरेको उनको आरोप थियो । उनले पढे लेखेका हौं भन्नेले नै राजतन्त्रको कुरा गरेको र सर्बसाधारण जनताले राजतन्त्र नखोजेको समेत सो अवसरमा बताएका थिए ।

प्रकाशित मिति: : 2019-04-26 09:10:54

प्रतिकृया दिनुहोस्