पोस्टमार्टम प्रतिवेदन : रीनाको बलात्कार र हत्या भएको हाेइन

तस्बिरः नयाँ पत्रिका

गत शनिबार बिहान मोरङको पथरीशनिश्चरे १ मा नग्न अवस्थामा मृत भेटिएकी रीना बस्नेत (रुपा) को बलात्कार पछि हत्या नभएको पोस्टमार्टम प्रतिवेदनले देखाएको छ । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट रिनाको पोस्टमार्टमको प्रारम्भिक प्रतिवेदनमा बलात्कार नभएको उल्लेख भएको प्रहरीले जनाएको छ । ‘स्थानीयले उनको बलात्कारपछि हत्या गरेर सडकको फालेको हुनसक्ने आशंका गरेका थिए, तर प्रारम्भिक रिपोर्टमा बालात्कार भएको प्रमाण देखिएको छैन,’ मोरङ प्रहरी प्रमुख एसपि मनोज केसिले भने, ‘रिर्पाेटले घरमाथिबाट झरेको आशंकालाई बल पुगेको छ ।’

यद्यपी फरेन्सिक जाँचका लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । मदिरा सेवन गरे नगरेको विषय फरेन्सिक रिपोर्ट आएपछि थाहा हुने प्रहरीको भनाई छ । यसैबीच रीनाका प्रेमी भनिएका कमल नेपाललाई नियन्त्रणमा लिइ प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रारम्भिक बयानमा कमलले रिनासँग प्रेम सम्बन्ध रहेको स्वीकार गरेका छन् । पथरीमा व्यवसाय गर्दै आएका नेपालको पोलिग्राफ टेष्ट गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
रीनाको मृत्युलाई लिएर स्थानीयले प्रदर्शन गर्दा दुई दिन पथरीमा तनाब भएको थियो ।

प्रकाशित मिति: : 2019-04-25 21:36:55

प्रतिकृया दिनुहोस्