४ जहाज ग्राउन्डेड गराएर निगमका पाइलटद्वारा अमेरिकाबाट बार्गेनिङ

निगमका पाइलट आङनुरी शेर्पा

नेपाल वायु सेवा निगमसँग रहेका ४ वटा वाई–१२ जहाजका एक मात्र प्रशिक्षक पाइलट हुन्- आङनुरी शेर्पा।

सधैँजसो चिनियाँ जहाज ग्राउन्डेड भनेर समाचार शीर्षक बन्नुमा व्यवस्थापकीय कमजोरीपछि अर्को कारण उनी देखिएका छन्। हाल अमेरिकामा रहेका शेर्पा वाई–१२ जहाजका लागि अन्य पाइलटका पनि प्रशिक्षक पाइलट हुन्।

चिनियाँ जहाज ग्राउन्डेड भइरहनुमा पाइलट 'फ्याक्टर'को यो कथा ५ वर्षअघि सुरु हुन्छ।

नेपाल वायुसेवा निगमले वाई–१२ जहाजका तीन पाइलटलाई प्रशिक्षक ग्राउन्ड ह्याण्डलिङ तालिमको अनुमतिका लागि २०७१ असोज २३ मा नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग अनुमति माग्यो।

क्यानले २०७१ मंसिर ९ मा वाई–१२ का तीनै जना पाइलटलाई उक्त तालिममा पठाउन अनुमति दियो। त्यतिबेला निगमले तीनै जना पाइटललाई आफ्नै खर्चमा ४५ दिनको सुरुवाती चरणको तालिममा पठाएको थियो। उक्त तालिम लिनेमा पाइटल आङनुरी शेर्पा, सञ्जय बादे र नृपेन्द्र भट्टराई थिए।

प्रारम्भिक तालिम सकेर फर्किएपछि उनीहरु तीनै जनालाई प्रशिक्षक पाइलट (आइपी) को तालिम लागि अमेरिका पठाउन सिफारिश गरियो। निगमको सिफारिश तत्कालै क्यानले अनुमोदन गर्यो।

प्रकाशित मिति: : 2019-04-25 19:14:47

प्रतिकृया दिनुहोस्