नुवाकोटको देउपीपल केन्द्र पारेर नेपालमा ४.७ रेक्टरस्केलको भूकम्प गयो

तस्बिरः बिएल

नुवाकोटको देउपीपल केन्द्र पारेर  ४.७ रेक्टरस्केलको भूकम्प  गएको छ।  बुधबार बिहान ६ बजेर २९ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दू र यसको क्षमता बारे केही बेरमा जानकारी हुनेछ।

यद्यपी यसले २०७२ सालको गोरखा भूकम्पलाई सम्झाएको छ। अमेरिकास्थति भूकम्पमापक केन्द्रले बताएअनुसार ४.७ रेक्टरस्केलको भूकम्पको धक्का भारतको उत्तरान्चल  प्रदेश आसपास सम्म परेको छ।

बुधबार बिहान ६ बजेर २९ मिनेट जाँदा पहिलो भूकम्पको धक्का महसुश भएकोमा त्यसको १२ मिनेटपछि ६ बजेर ४१ मिनेटमा फेरि अर्को धक्का गएको हो।

यद्यपी यसले २०७२ सालको गोरखा भूकम्पलाई सम्झाएको छ।

२०७२ सालमा बैशाख १२ गते भूकम्प गएको थियो भने अहिले ११ गते भूकम्प जाँदा जनमानस झस्किएको छ। मानिसहरू घरबाहिर निस्किएका थिए।

यसको विस्तृत आइसकेको छैन ।

प्रकाशित मिति: : 2019-04-24 06:49:35

प्रतिकृया दिनुहोस्