०७२ सालको भूइँचालोलाई फर्केर हेर्दा-६ : पुनर्निर्माणका सीइओलाई प्रश्न–कहाँ अड्कियो ‘हाउस पुलिङ’ ?

सुशील ज्ञवाली

० वैशाख, काठमाडौं । विनाशकारी भूकम्प गएको चार वर्ष बित्यो । पुनर्निर्माणका लागि प्राधिकरण बनाएर काम गरेको पनि साढे तीन वर्ष भइसक्यो । यसबीचमा निजी घर निर्माण ठीकै रहे पनि एकीकृत बस्ती निर्माण योजना अलपत्र पर्‍यो । चार वर्षमा सरकारले धुर्मुस-सुन्तली फाउण्डसेनले जति पनि काम गर्न सकेन ।

शहरको पुननिर्माण पनि अलपत्र छ । हाउस पुलिङ र ल्याण्ड पुलिङ गरेर पुराना बस्ती पुननिर्माण गर्ने भनिए पनि प्रगति शून्य छ ।

यिनै सन्दर्भमा पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत (सीइओ) सुशील ज्ञवालीसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश ः

एकीकृत बस्ती निर्माणको विषयमा जे सोचिएको थियो, त्यसअनुसार काम भएन होइन त ? 

एकीकृत बस्तीको सन्दर्भमा जुन स्केलमा जान सक्थ्यौं, त्यति नभएकै हो । यसका थुप्रै कारणहरु रहे । प्राधिकरणले बनाएको योजना अनुसार एकीकृत बस्ती निर्माण अभियान सञ्चालन हुन सकेन ।

म प्राधिकरणमा फर्किएपछि एकीकृत बस्तीलाई प्राथमिकतामा राखेँ । पहिलो बैठकबाटै एक पालिका, एउटा एकीकृत बस्ती भन्ने निर्णय गराएँ । अहिले ३७ वटा प्रस्ताव आएको छ, त्यसमध्ये २९ वटा अगाडि बढिसक्यो ।

प्रकाशित मिति: : 2019-04-24 00:35:37

प्रतिकृया दिनुहोस्