नेकपा स्थापना दिवस : मञ्चमा अध्यक्षद्वयको हालीमुहाली, सभा छाडेर हिँडे नेपाल

एकता घाेषणा सभामा अध्यक्षद्वय केपी शर्मा आेली र पुष्पकमल दाहाल । तस्बिर : इलिट जाेशी

नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित नेकपाको ७० औं वार्षिकोत्सव कार्यक्रममा नौवटा कुर्सी मञ्चमा राखिएका थिए । सचिवालयमा रहेका नौ जनाका लागि राखिएका ती कुर्सीमध्ये दुइटा विशिष्ट खालका कुर्सी थिए– सोफावाला । अरू सातवटा सामान्य फलामका । अर्थात् विशिष्ट र कनिष्ठ झल्किने खालको दृश्य कुर्सीको व्यवस्थापनमा देखिन्थ्यो ।

झन्डै साढे १ बजे कार्यक्रम हलमा चार नेता अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल र महासचिव विष्णु पौडेल एकै पटक भित्रिए । उनीहरू छिर्नेबित्तिकै हलमा हुटिङ भयो । उनीहरूले अभिवादन गरे । त्यसअघि नै वरिष्ठ नेता झलनाथ खनाललगायतका मञ्चमा पुगिसकेका थिए । केपी ओलीको दायाँ सिटमा खनाल बसिसकेका थिए ।

प्रकाशित मिति: : 2019-04-23 08:26:58

प्रतिकृया दिनुहोस्