विप्लव र गुण्डा समूहका योजना अब प्रहरीको पहुँचमा

तस्बिरः एजेन्सी

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले २०७३ मा केही महत्वपूर्ण राजनीतिक निर्णय गर्यो। त्यसको मोटामोटी जानकारी प्रहरीले पायो। विप्लव समूहले सैन्य विभाग गठन सहित छापामार दस्ता निर्माण र तालिमका गतिविधि सञ्चालन गर्ने निर्णय गरेको जानकारी पाएपनि प्रहरीले त्यसपछि त्यो समूहका गतिविधि पच्छयाउन सकेन। प्रहरी आफै अलमलमा पर्यो।

विप्लव समूहका छापामार कारबाहीबारे पूर्व सूचना शुन्य रहेको प्रहरीले नख्खु बम बिस्फोट र रोहण गुरुङको घरमा बम बिस्फोटका घटना रोक्न सकेन। यस्तै एकैदिन एनसेलका दर्जनौं टावरमा भएका आक्रमण रोक्न समेत प्रहरी असफल भयो।

काठमाडौं उपत्यका केन्द्रीत गुण्डा नाईकेका पछिल्ला गतिविधि सुक्ष्म निगरानीमा राखेपनि प्रहरीले ६ महिनामा तयार निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्या सहितका घटनाको पूर्व सूचना पाउन सकेन। गुण्डा समूहले उनी सहित दुर्गा तिवारी र बलु पौडेलको हत्या गर्यो।

प्रहरीले ललितपुर जावलाखेलको स्ट्याण्डर्ड चार्टड बैंक लुटपाटदेखि वरिष्ठ न्युरो सर्जन स्वर्गीय उपेन्द्र देवकोटाकी छोरी मेघा देवकोटाको अपहरणसम्मका घटनाको सफल अनुसन्धान त गर्यो तर घटना रोक्न सक्ने पूर्व सूचना पाउन सकेन। यसरी पूर्व सूचनाकै अभावमा ठूला अपहरण, फिरौती र अवैध असुलीले गुण्डा समुह बलियो बन्दै गए भने प्रहरी कमजोर बन्यो।

प्रकाशित मिति: : 2019-04-23 00:58:07

प्रतिकृया दिनुहोस्