सगरमाथा क्षेत्रमा एक टन फोहोर संकलन

सगरमाथा क्षेत्रमा फोहोर संकलन गर्दै आइसफल डाक्टरहरू। तस्वीर सौजन्य: इको बिजनेस

विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र सफा गर्न गएका आइसफल डाक्टरहरूले एक टन फोहोर संकलन गरेका छन्। 

संकलन गरिएको फोहोरमध्ये एक हजार किलो फोहर काठमाडौँ र एक हजार किलो फोहर ओखलढुङ्गा लगिएको बताइएको छ। 

सगरमाथा सरसफाइ अभियानअन्तर्गत यस क्षेत्रमा सङ्कलन गरिएको एक टन फोहर काठमाडौं लगिएको छ। कुहिने वस्तुसहितको फोहरलाई ओखलढुङ्गा र नकुहिने क्यान, सिसाको बोत्तल जस्ता प्रशोधन गर्न सकिने फोहोर वस्तुलाई काठमाडौं पठाइएको हो। खुम्बुको क्षेत्रको लुक्लादेखि स्याङ्बोचे क्षेत्रमा सङ्कलन भएको फोहोर नेपाली सेनाको हेलिकप्टर भाडामा लिएर पठाइएको हो।

स्थानीयस्तरमा व्यवस्थापन गर्न सकिने बस्तुलाई नाम्चे क्षेत्रमै व्यवस्थापन गर्न लागिएको छ।

१२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा वैशाख १ गतेदेखि सगरमाथा सरसफाइ अभियान चलाइएको छ। 
प्रकाशित मिति: : 2019-04-22 08:16:05

प्रतिकृया दिनुहोस्