श्रीलंकाको राजधानी कोलम्बो र आसपास आइतबार बिहान शृङ्खलावद्ध बम विस्फोट हुँदा मृत्यु हुनेको संख्या १०० नाघेको छ।
श्रीलंकाली अनलाइन पोर्टल सन्डे टाइम्सले ४५० जना घाइते भएको र धेरै जसोलाई उपचारका लागि अस्पतालमा लगिएको उल्लेख गरेको छ।
इसाईहरुले इस्टर पर्व मनाउँदै गर्दा चर्चहरु र होटलहरुलाई निशाना बनाइ आक्रमण भएको हो।
मृत्यु हुनेमा विदेशी नागरिकसमेत रहेको र उद्धारकार्य जारी रहेको श्रीलंकाली आर्थिक मामिला मन्त्री हर्ष डे सिल्भाले बताएको अलजजीराले उल्लेख गरेको छ।