बालुवाटार जग्गा विवाद : 'पद र हैसियतले छानबिन प्रभावित हुँदैन'

फाइल तस्बिर

सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले  प्रधानमन्त्री निवास बालुवाटारको जग्गा किनबेच नभएको र भए पद र हैसियतले छानबिन प्रभावित नहुने दाबी गरेका छन्। 

बिहीबार नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता  एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले यस्तो बताएका हुन्। 

ललिता निवासको जग्गा विवादमा जोसुकै मुछिएको होस्  कारबाही हुन्छ’, पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले भने, ‘कुनै पद, ओहोदा वा हैसियतले छानबिन प्रक्रिया र सरकारी सम्पत्तिको रक्षा गर्ने कुरालाई प्रभावित गर्न सक्दैन।’

प्रकाशित मिति: : 2019-04-18 20:45:48

प्रतिकृया दिनुहोस्